धापखर्कका १३ घरमा खानेपानीको अभाव

भोजपुर । भोजपुर नगरपालिका–५ र १० धापखर्कका २२ स्थानीय घरले खानेपानीको सुविधा प्राप्त गरेका छन् ।

धापखर्कमा कूल ३५ घर छन् । अझै १३ घरका परिवारले पिउने पानी प्राप्त गर्न सकेका छैनन् ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भोजपुरको करिब २५ लाख लागतमा २२ घरलाई पानी वितरण गरिएको खाने पानी निर्माण उपभोक्ता समितिका सचिव लाक्पा शेर्पाले बताए ।

खानेपानी आयोजनाले धापखर्क आधारभूत विद्यालयमा समेत पानी उपलब्ध गराएको छ ।

आर्थिक वर्ष २०८०/८१ मा सुरु गरिएको यो आयोजना पूर्ण रूपमा सम्पन्न भएपछि धापखर्क क्षेत्रका सबै घरपरिवारमा सुरक्षित, स्वच्छ र नियमित खानेपानी पहुँच सुनिश्चित हुने स्थानीयको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 8 =