बालेन सरकारमा सुधन गुरुङ पुनः गृहमन्त्री बन्ने, आजै सपथ

काठमाडौं । बालेन्द्र शाह नेतृत्वको सरकारमा सुधन गुरुङ पुनः गृहमन्त्री बन्ने भएका छन् । उनको आजै सपथग्रहण हुने तयारी गरिएको छ ।

यसअघि सम्पत्ति विवरणलगायत विभिन्न विवादमा परेपछि गुरुङले गृहमन्त्री पदबाट राजीनामा दिएका थिए । त्यसपछि सरकारले उनीमाथि लागेको आरोपबारे छानबिन गर्न एक समिति गठन गरेको थियो ।

छानबिन समितिले गुरुङलाई आरोपबाट मुक्त गर्दै ‘क्लीन चिट’ दिएपछि सरकार उनलाई पुनः गृह मन्त्रालयको जिम्मेवारीमा फर्काउने निर्णयमा पुगेको स्रोतले जनाएको छ ।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार गुरुङको सपथग्रहणका लागि आज अपराह्न ३ बजे राष्ट्रपति कार्यालयमा आवश्यक पत्राचार गरिसकिएको छ । सपथपछि उनले तत्काल गृहमन्त्रीको जिम्मेवारी सम्हाल्ने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × four =