आधुनिक खेती प्रवर्द्धनका लागि भानु–९ ले वितरण गर्‍यो कृषि मेसिनरी (तस्बिरहरु)

काठमाडौं । कृषकको मागका आधारमा सञ्चालन गरिएको कार्यक्रमअन्तर्गत भानु नगरपालिका वडा नं. ९ ले कृषकलाई विभिन्न कृषि उपकरण वितरण गरेको छ ।

आर्थिक वर्ष २०८२/८३ को स्वीकृत कार्यक्रमअनुसार कृषकलाई कृषि उपकरण वितरण गरिएको हो ।

वडा कार्यालयका अनुसार वडाभित्रका कृषकलाई ५० प्रतिशत अनुदानमा १४ थान मिनि टिलर, १० थान कम्बाइन्ड मिल, ४ थान स्प्रे मेसिन तथा ४ थान घाँस काट्ने मेसिन हस्तान्तरण गरिएको हो ।

उपकरण वितरण कार्यक्रममा बोल्दै वडा अध्यक्ष मिन बहादुर गुरुङले परम्परागत खेती प्रणालीका कारण उत्पादन लागत बढ्दै जाँदा कृषकहरू कृषि पेशाप्रति निरुत्साहित बन्दै गएको बताए ।

उनले कृषि आधुनिकीकरण तथा उत्पादन लागत न्यूनीकरण गर्ने उद्देश्यले कृषकलाई आधुनिक कृषि उपकरण उपलब्ध गराइएको जानकारी दिए ।

अध्यक्ष गुरुङले आधुनिक कृषि प्रविधिको प्रयोगबाट कृषकको श्रम, समय र लागत बचत हुनुका साथै उत्पादन वृद्धि र व्यावसायिक खेतीप्रति आकर्षण बढ्ने विश्वास व्यक्त गरे ।

वडा कार्यालयले आगामी दिनमा पनि कृषकको आवश्यकता र मागका आधारमा कृषि क्षेत्रमा सहयोग तथा प्रोत्साहनमूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + nine =