लागूऔषधसहित चार जना पक्राउ
२०८३ जेठ १८ गते

सांकेतिक तस्बीर ।
काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले लागूऔषधसहित कैलाली र मोरङबाट चार जनालाई पक्राउ गरेको छ ।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार कैलाली, टीकापुर नगरपालिका–९ सुनफाँटाबाट खैरो हेरोइनसहित दुई जनालाई आज दिउँसो पक्राउ गरिएको हो ।
यसैगरी,मोरङको रङ्गेली नगरपालिका–४ चोप्राहबाट खैरो हेरोइनसहित दुई जनालाई आजै पक्राउ गरिएको छ । अभियुक्तहरूले भारतबाट खैरो हेरोइन ल्याएका थिए ।
मोटरसाइकलसहित उनीहरूलाई नियन्त्रणमा लिएर कारबाही थालिएको जनाइएको छ ।
२०८३ जेठ १८ गते
प्रतिक्रिया
सम्बन्धित








