राप्रपाको असन्तुष्ट पक्षको बैठक आज

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको असन्तुष्ट पक्षको बैठक आज काठमाडौंमा बस्ने भएको छ ।

पार्टीभित्र देखिएको असन्तुष्टिबारे रणनीति तय गर्न कान्तिपथस्थित यलो प्यागोडा होटलमा दिउँसो १ बजे बैठक बोलाइएको छ ।

असन्तुष्ट समूहको नेतृत्व पार्टीका महामन्त्री धवल शमशेर राणाले गरिरहेका छन् । उनकै नेतृत्वमा बस्ने बैठकमा पछिल्लो राजनीतिक अवस्था र पार्टीभित्रको विवादबारे छलफल हुने जनाइएको छ ।

बैठकमा विशेषगरी सामूहिक राजीनामाको सम्भावित निर्णयबारे गम्भीर छलफल हुने नेताहरूले बताएका छन् । असन्तुष्ट पक्षका काठमाडौंमा उपलब्ध पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई बैठकमा सहभागी हुन आग्रह गरिएको छ ।

राप्रपाभित्रको आन्तरिक विवाद र नेतृत्वप्रतिको असन्तुष्टिका बीच बस्न लागेको यो बैठकलाई पार्टीको आगामी राजनीतिक दिशासँग जोडेर हेरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + seventeen =