चीन–अरब कुटनीतिक सम्बन्धको ७० वर्षस् साझा विकास र सहकार्यमा केन्द्रित

काठमाडौं । चीन र अरब राष्ट्रहरूबीच कुटनीतिक सम्बन्ध स्थापना भएको यस वर्ष ७० औँ वर्षगाँठ मनाइँदै छ ।

विगत सात दशकमा यी दुई पक्षबीचको सम्बन्ध केवल व्यापार र ऊर्जामा मात्र सीमित नभई विकास, सांस्कृतिक आदानप्रदान र शान्तिप्रतिको साझा प्रतिबद्धतामा आधारित एक सुदृढ साझेदारीका रूपमा विकसित भएको छ ।

अरब क्षेत्रका विभिन्न पर्यवेक्षकहरूकाअनुसार चीनको विकासको अनुभव आधुनिकीकरण र आर्थिक रूपान्तरणको मार्गमा रहेका अरब मुलुकहरूका लागि एक महत्त्वपूर्ण सन्दर्भ सामग्री बनेको छ ।

इजिप्टका अन्तर्राष्ट्रिय मामिला अनुसन्धानकर्ता मोस्तफा अमिनले चीनको सुशासनको मोडलले आर्थिक विकासका लागि मार्गप्रशस्त गरेको उल्लेख गरे ।

विशेषगरी इजिप्टको स्वेज नहर आर्थिक क्षेत्र र नयाँ प्रशासनिक राजधानीमा निर्माण भइरहेका अत्याधुनिक संरचनाहरूमा चिनियाँ सहकार्यको प्रभाव स्पष्ट देखिएको उनको भनाइ छ । यस क्षेत्रमा चिनियाँ सहयोगमा सञ्चालित पूर्वाधार र औद्योगिक आयोजनाहरूले रोजगारी सिर्जना गर्न, कनेक्टिभिटी ९सम्पर्क सञ्जाल० सुधार गर्न र दीर्घकालीन आर्थिक वृद्धिलाई टेवा पु¥याउन महत्त्वपूर्ण भूमिका खेलेका छन् ।

सांस्कृतिक तथा जनस्तरको सम्बन्धलाई पनि यो साझेदारीको मुख्य स्तम्भका रूपमा लिइएको छ । कुवेत विश्वविद्यालयका जराह शहाबकाअनुसार अन्तर्राष्ट्रिय सम्बन्ध केवल आर्थिक स्वार्थमा मात्र टिकेको हुँदैन ।

जनस्तरको सम्पर्क र सांस्कृतिक समझदारीले नै दुई पक्षीय सम्बन्धको भविष्यलाई अझ प्रगाढ बनाउने उहाँको विश्लेषण छ । चीनलाई हाल एक यस्तो साझेदारका रूपमा हेरिएको छ, जसले विविधताको सम्मान गर्दै देशहरूलाई आ–आफ्नो मौलिक ढङ्गले आधुनिकीकरणको बाटोमा लाग्न प्रोत्साहित गर्दछ ।

क्षेत्रीय चुनौतीहरूका बीच संवाद र शान्तिपूर्ण विकासलाई प्रवर्धन गर्न चीनले निर्वाह गरेको भूमिकाको पनि विश्लेषकहरूले प्रशंसा गरेका छन् । इराकी न्युज एजेन्सीका महानिर्देशक सत्तार शरीफले अरब विश्वले भोगिरहेका विभिन्न सङ्कटहरूको समाधानका लागि चीनले अघि सारेका पहल र सहअस्तित्वको सिद्धान्त प्रशंसनीय रहेको बताए । चीनलाई तनाव कम गर्ने र क्षेत्रीय एकतामा जोड दिने एक भरोसायोग्य मित्र राष्ट्रका रूपमा चित्रण गरिएको छ ।

यसैगरी, गाजास्थित राजनीतिक विश्लेषक मुस्तफा इब्राहिमले प्यालेस्टाइनको मुद्दा र त्यहाँका जनताको अधिकारका लागि चीनले निरन्तर रूपमा प्रदान गर्दै आएको कूटनीतिक र राजनीतिक समर्थनको उच्च सराहना गरेका छन् ।

७० वर्षको यो यात्राले चीन र अरब देशहरूबिचको सम्बन्धलाई थप परिपक्व बनाएको र आगामी दिनमा यसले साझा भविष्यका लागि नयाँ उचाइ लिने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 17 =