अमेरिकी आक्रमणमा तीन जनाको मृत्यु

एजेन्सी । अमेरिकी सेनाले पूर्वी प्रशान्त महासागरमा एउटा डुङ्गामा शुक्रबार आक्रमण गर्दा तीन जना लागु औषध तस्करकोे ज्यान लिएको अधिकारीहरूले बताएका छन् ।

गएको हप्तामा भएको यो तेस्रो घातक आक्रमण हो भने ट्रम्प प्रशासनले सेप्टेम्बरमा आक्रमण सुरु गरे देखि मृत्यु हुनेहरूको सङ्ख्या कम्तिमा १९८ पुगेको एएफपिले जनाएको छ ।

सामाजिक सञ्जाल एक्सको पोस्टमा, युएस साउदर्न कमान्डले उक्त जहाज पूर्वी प्रशान्तमा नार्को–तस्करी अपरेसनमा संलग्न रहेको जनाएको छ ।

सामाजिक सञ्जालमा पोष्ट गरिएको आक्रमणको भिडियो फुटेजमा खुला समुद्रमा बसिरहेको जहाज ठुलो विस्फोटले डुबाएको देखाइएको छ ।

अमेरिकी सेनाले सेप्टेम्बरको सुरुमा अपरेसन ‘साउदर्न स्पियर’ सुरु गरेको हो भने राष्ट्रपति डोनाल्ड ट्रम्पले ल्याटिन अमेरिकाबाट सञ्चालित लागु औषध तस्करहरूसँग अमेरिका कडा युद्धमा रहेको बताएका छन् ।

कानुनी विज्ञहरू तथा अधिकार समूहहरूले स्पष्ट रूपमा अमेरिकाका लागि तत्काल खतरा पैदा नगर्ने नागरिकहरूलाई लक्षित अमेरिकी आक्रमणहरु गैरन्यायिक हत्याको कारण हुने बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + two =