नेपाल वायुसेवा निगमको निजीकरणप्रति असहमति हर्कको असहमति

काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले नेपाल वायुसेवा निगमको निजीकरणप्रति असहमति जनाएका छन् ।

शुक्रवार सङ्घीय संसदको संयुक्त सदनमा बजेट प्रस्तुत भइरहेका बेला अध्यक्ष राई विशेष कामको कारण देखाउँदै बैठकको बीचैमा निस्किए । सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले आफूले बजेट बहिष्कार नगरेको स्पष्ट पारे ।

प्रधानमन्त्री संसद्मा उपस्थित भएर जवाफदेही बनेका कारण आफ्नो आन्दोलनको औचित्य पूरा भएको र अहिले विशेष व्यक्तिगत कार्य व्यस्तताले गर्दा निस्किनुपरेको उनले बताए । बजेटका प्रारम्भिक बुँदाहरूमाथि टिप्पणी गर्दै अध्यक्ष राईले नेपाल वायुसेवा निगमलाई निजीकरण गर्ने सरकारको योजनाप्रति असहमति व्यक्त गरे ।

सरकारी निकायहरूलाई निजी क्षेत्रलाई सुम्पिनु भनेको अन्ततः ती निकायहरू बेच्नु सरह भएको उनको तर्क छ ।

विगतमा पनि सरकारी कलकारखानाहरू बन्द गर्ने र सम्पती बिक्री गर्ने प्रवृत्तिले देशलाई घाटा पु¥याएको उल्लेख गर्दै उनले निगमको हकमा पनि त्यस्तै हुन लागेको भन्दै आपत्ति जनाए । राईले भने, ‘यो बहिष्कार होइन, मेरो अन्यत्र विशेष काम भएकाले निस्किएको हुँ। सदनमा मेरो दलका अन्य सदस्यहरू हुनुहुन्छ, म पनि बाँकी अंश पछि सुन्नेछु ।’

उनले बजेटका सबै विषयवस्तुमाथि पछि विस्तृत अध्ययन गरी आफ्नो धारणा र टीकाटिप्पणी सार्वजनिक गर्ने जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 5 =