औद्योगिक पूर्वाधार विकासको लागि ६५ करोड विनियोजन
२०८३ जेठ १५ गते

काठमाडौँ । औद्योगिक पूर्वाधार विकासको लागि ६५ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
शुक्रवार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त रकम विनियोजन गरेको जानकारी दिए ।
उनले उद्योग प्रतिष्ठानमा रहेका परम्परागत बोईलरलाई विद्युतीय बोईलरले प्रतिस्थापन गर्ने बताए । सो कार्यका लागी सहुलियपुर्ण ऋण उपलब्ध गराउने उनले जानकारी दिए ।
१०० उद्योगहरूलाई विद्युतीय वा वायो ग्रिडेडमा आधारित बोईलरमा रूपान्तरण गर्न २२ करोड रुपैयाँ छुट्याएको उनले बताए ।
२०८३ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








