महाकाली करिडोरको दार्चुला-टिङकर खण्डको ट्र्याक खोल्ने कार्यलाई विशेष प्राथमिकता दिइने

काठमाडौँ । सरकारले महाकाली करिडोरको दार्चुला–टिङकर खण्डको ट्र्याक खोल्ने कार्यलाई विशेष प्राथमिकता दिने भएको छ ।
सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा उक्त कुरा समावेश गरिएको हो ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मेची, अरुण, तमोर, भेरी, सेती कोरिडोर र फुटिया–दिपायल सडकको स्तरोन्नति कार्यलाई तीव्रता दिइने पनि बताए ।
त्यसैगरी काठमाडौँ चक्रपथ विस्तारका लागि बाँकी रहेका कामहरूलाई पनि अघि उनले बढाउने बताए ।
अर्थमन्त्री वाग्लेले भने ‘महाकाली करिडोरको दार्चुला–टिङ्कर खण्डको ट्र्याक खोल्ने कार्यलाई विशेष प्राथमिकता दिएको छु । मेची, अरुण, तमोर, भेरी, सेती कोरिडोर र फुटिया–दिपायल सडकको स्तरोन्नति कार्यलाई तीव्रता दिइनेछ । काठमाडौँ चक्रपथ विस्तार अन्तर्गत बाँकी रहेका कामहरू अघि बढाइनेछ ।’
अर्थमन्त्री वाग्लेले सुरुङ मार्ग निर्माणको कामलाई पनि गति दिने बताए ।








