सेफराइडले हेलिकप्टर र एम्बुलेन्स सेवा विस्तार गर्ने योजना

काठमाडौं । दाङबाट सञ्चालनको तयारीमा रहेको राइड–सेयरिङ प्लेटफर्म सेफराइडले भविष्यमा हेलिकप्टर तथा एम्बुलेन्स सेवा पनि सञ्चालन गर्ने योजना सार्वजनिक गरेको छ ।

कम्पनीका अनुसार दुर्गम तथा ग्रामीण क्षेत्रमा आपतकालीन अवस्थामा छिटो उद्धार सेवा उपलब्ध गराउने उद्देश्यसहित यस्तो योजना अघि बढाइएको हो ।

विशेषगरी बिरामीलाई आकस्मिक अवस्थामा अस्पतालसम्म छिटो पुर्‍याउने र आपतकालीन उद्धारलाई प्रविधिमैत्री बनाउने लक्ष्य कम्पनीले लिएको छ ।

सेफराइडले नागरिकलाई छिटो, सुरक्षित र प्रभावकारी यातायात सेवा उपलब्ध गराउने आफ्नो दीर्घकालीन उद्देश्य रहेको जनाएको छ ।

कम्पनीले राइड–सेयरिङ सेवासँगै स्वास्थ्य तथा उद्धार सेवासम्म विस्तार गर्ने योजनाले देशका दुर्गम क्षेत्रमा सेवा पहुँच बढ्ने अपेक्षा गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =