डिशहोमको ब्रान्ड एम्बेसेडरमा दिव्या रायमाझीको निरन्तरता

काठमाडौं । डिशहोम इन्टरनेटले अभिनेत्री दिव्या रायमाझीसँगको ब्रान्ड एम्बेसेडर सहकार्यलाई निरन्तरता दिएको छ ।

कम्पनी र रायमाझीबीच बुधबार डिशहोमको कर्पोरेट कार्यालय, भैँसेपाटीमा ब्रान्ड एम्बेसेडर सम्झौता नवीकरण सम्पन्न भएको हो ।

सम्झौतामा डिशहोमका प्रमुख कार्यकारी अधिकृत प्रसन्न पोखरेल र अभिनेत्री दिव्या रायमाझीले हस्ताक्षर गरेका हुन् ।

डिशहोम इन्टरनेटले डिजिटल कनेक्टिभिटी, युवा पुस्तासँगको भावनात्मक सम्बन्ध तथा आधुनिक डिजिटल जीवनशैलीलाई प्राथमिकतामा राख्दै ब्रान्ड अभियानलाई निरन्तर अघि बढाइरहेको जनाएको छ ।

कम्पनीका अनुसार युवामाझ लोकप्रिय, आत्मविश्वासी तथा नयाँ पुस्ताको प्रतिनिधित्व गर्ने व्यक्तित्वका रूपमा दिव्या रायमाझीसँगको सहकार्यलाई निरन्तरता दिइएको हो ।

यस अवसरमा डिशहोमले आगामी डिजिटल अभियान, ग्राहक केन्द्रित सेवा तथा मनोरञ्जनमूलक कार्यक्रमहरूमा पनि रायमाझीसँग सहकार्य गर्दै जाने जनाएको छ ।

डिशहोमले हाल देशभर उच्च गतिको इन्टरनेट तथा डिजिटल टेलिभिजन सेवा विस्तार गर्दै लाखौँ ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।

सम्झौता नवीकरणपछि अभिनेत्री रायमाझीले डिशहोमसँगको सहकार्य निरन्तरता पाउँदा खुशी लागेको बताउँदै नेपाली दर्शक तथा डिजिटल प्रयोगकर्तासँग अझ नजिक भएर जोडिन पाउने विश्वास व्यक्त गरेकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 2 =