पर्यटनलाई प्रकृति र संस्कृतिसँग जोड्नुपर्छ: पर्यटनमन्त्री

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले मुलुकका समस्या समाधानमा पर्यटन उद्योगले महत्वपूर्ण योगदान दिन सक्ने बताएका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा ‘पर्यटन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले पर्यटनलाई प्रकृति र संस्कृतिसँग जोडेर अघि बढाउनुपर्ने बताएका हुन् ।

‘पर्यटन खासमा व्यवस्थापकीय कला हो । त्यो व्यवस्थापकीय क्षमतालाई कानुनले नियमन गर्नुपर्छ,’ उनले भने, ‘कुनै न कुनै तरिकाले पर्यटकीय गतिविधिको लाभ समाजले पाउनुपर्छ ।’

विधेयकमाथिको छलफलमा सांसदहरू अशोकुमार चौधरी, सुशील खड्का, जगदीश खरेल, गणेश कार्की, खुश्बु ओली लगायतले धारणा राखेका थिए ।

यसअघि मन्त्री पौडेलले ‘पर्यटन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव बैठकमा पेश गरेका थिए । उक्त प्रस्ताव प्रतिनिधिसभाबाट सर्वसम्मतिले स्वीकृत भएको थियो ।

सभामुख डोलप्रसाद अर्याल ले विधेयकमाथि संशोधन दर्ता गर्न चाहने सांसदहरूले संसद् सचिवालयमा प्रस्ताव पेश गर्न सक्ने जानकारी दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 12 =