दक्षिण कोरियाको ‘फ्लाइ ओभर’ मा दुर्घटनाहुँदा ३ जनाको मृत्यु, ३ घाइते
२०८३ जेठ १२ गते

एजेन्सी । दक्षिण कोरियाको ‘फ्लाइ ओभर’ मा भएको दुर्घटनामा तीन जनाको मृत्यु हुनुका साथै अन्य तीन जना घाइते भएको योन्हाप समाचार एजेन्सीले मङ्गलबार जनाएको छ ।
‘फ्लाइ ओभर’ को माथिल्लो भागको मर्मत गर्ने क्रममा भएको दुर्घटनामा दुई जना मानिसहरूको भग्नावशेष मुनि पुरिएर मृत्यु भएको जनाइएको छ ।
घाइते भएका मध्ये, गाडी मुनि फसेर बाहिर निकालिएका एक जना व्यक्तिलाई हृदयघातको अवस्थामा अस्पताल लगिएको र पछि मृत्यु भएको पुष्टि भएको छ ।
बाँकी तीनजना पुरुषहरूको ढाड र टाउकोमा चोट लागेको जनाइएको छ ।
दुर्घटनाको समयमा घटनास्थलमा रहेका १२ जना मध्ये अन्य ६ जना सुरक्षित रूपमा बाहिर निस्कन सफल भएको जनाइएको छ ।
‘फ्लाइ ओभर’ को निर्माणर्थ जारी अपरेसनको क्रममा दुर्घटना भएको जनाइएको छ ।
२०८३ जेठ १२ गते
प्रतिक्रिया
सम्बन्धित








