पेलिएर आएकाहरूले विपक्षीलाई पेलेको पटक्कै सुहाएन: खुश्बु ओली
२०८३ जेठ १२ गते

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुश्बु ओलीले संसदमा विपक्षीलाई नजरअन्दाज गरेर सत्तापक्ष अगाडि बढ्न खोजेको भन्दै आपत्ति जनाएकी छन् ।
प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै उनले यस्तो आपत्ति जनाएकी हुन् ।
उनले विगतमा आफू नै सत्तापक्षबाट पेलिएको दलले सत्तामा पुग्ने बित्तिकै विपक्षी दलहरूलाई पेलेर अघि बढेको सुहाउँदो नभएको टिप्पणी गरिन् । उनले विधेयकमाथिको छलफलमा सहभागी सांसदहरुदले प्रतिपक्षीलाई ज्ञान बाढ्ने काम गरेर समयको दुरुपयोग गरिरहेको प्रति संसदको ध्यानाकर्षण गराइन् ।
उनले भनिन् ‘सत्तापक्ष प्रतिपक्षी हुँदा इतिहासमा सम्भवतः सबैभन्दा बढी पेलियो होला । पेलिएर आएकाहरूले विपक्षीलाई पेलेको पटक्कै सुहाएन ।’
उनले प्रतिपक्षी दलहरूको आवाज दबाउन नखोज्न समेत सत्तापक्षलाई चेतावनी दिइन् ।
२०८३ जेठ १२ गते
प्रतिक्रिया
सम्बन्धित








