सांसद सेन्दाङलाई संसद बैठकबाट बाहिर निकालिएकोमा काँग्रेसको आपत्ति

काठमाडौँ । सांसद गीता सेन्दाङलाई प्रतिनिधि सभा बैठक कक्षबाट बाहिर निकालिएको विषयमा नेपाली काँग्रेसले आपत्ति जनाएको छ ।

मंगलवारको सभाको बैठकमा मर्यादापालकले सांसद सेन्दाङलाई बैठक कक्षबाट बाहिर निकालेका थिए ।

यस विषयमा काँग्रेस सांसद निश्कल राईले सांसद सेन्दाङलाई बाहिर निकाल्नु वियमावलीविपरित रहेको टिप्पणी गरे ।

बैठक चलिरहेका बेला मोबाइलबाट तस्बिर खिचेको भन्दै मर्यादापालकले सांसद सेन्दाङलाई बाहिर निकालेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − four =