रास्वपाले संसदलाई गरायो प्रधानमन्त्री साह एक हप्ताभित्र संसदमा आउने जानकारी

काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री बालेन्द्र साहलाई एक हप्ताभित्र संसदमा सहभागी गराउने प्रतिबद्धता व्यक्त गरेको छ ।

सभाको मंगलवारको बैठकमा बोल्दै सत्तारुढ दलका महामन्त्री कविन्द्र बुर्लाकोटीले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।

उनले आफूले प्रधानमन्त्री शाहको सचिवालयसँग कुराकानी गरेको उल्लेख गर्दै संसदको अवरोध खुलाउन प्रतिपक्षी दलहरूलाई आग्रह गरे ।

उनले भने ‘प्रधानमन्त्रीज्यू सदनमा आउनुहुन्छ । सम्भवतः अबको एक हप्ताभित्रै प्रधानमन्त्रीज्यू संसदमा आउने कुरा जानकारी गराउन चाहन्छु ।’

तर प्रतिपक्षी दलहरूले प्रधानमन्त्री शाह संसदप्रति उत्तरदायी हुनुपर्ने भन्दै संसदमा अवरोध गर्दै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 16 =