झापामा हावाहुरीले केरा खेतीमा क्षति, ३ करोड बराबरको नोक्सानी

काठमाडौँ । झापाको बाह्रदशी गाउँपालिकामा आएको भीषण हावाहुरी र वर्षाका कारण केरा खेतीमा ठुलो क्षति पुगेको छ ।

विशेषगरी बाह्रदशी गाउँपालिका–७ स्थित बत्तिसविघा लगायतका क्षेत्रमा व्यावसायिक रूपमा लगाइएको केरा खेतीमा हावाहुरीले नोक्सान पुर्याएको हो ।

स्थानीयकाअनुसार करिब ६० बिघा क्षेत्रफलमा लगाइएका केराका बोटहरू हावाहुरीले ढालेर नष्ट गरेको छ । यस प्राकृतिक विपद्बाट करिब ३ करोड रुपैयाँ बराबरको आर्थिक क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

उत्पादन बजार पठाउने तयारीमा रहेका बेला केरा खेती नष्ट भएपछि यस क्षेत्रका किसानहरू चिन्तित बनेका छन् । यसैबीच, क्षतिको वस्तुस्थितिबारे जानकारी लिन झापाका प्रमुख जिल्ला अधिकारीसहित गाउँपालिकाको प्रतिनिधिमण्डलले प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरेको छ ।

अनुगमन टोलीले क्षतिको विवरण संकलन गरिरहेको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 4 =