पार्टीका कार्यक्रममा हर्क साम्पाङको तस्बिर अनिवार्य राख्न निर्देशन
२०८३ जेठ १२ गते

काठमाडौँ । श्रम संस्कृति पार्टीको कार्यक्रमहरूमा अध्यक्ष हर्क साम्पाङको तस्बिर अनिवार्य प्रयोग गर्नुपर्ने भएको छ ।
आज कोशी प्रदेश अध्यक्ष प्रताप राई र सचिव दीपक तिमिल्सिनाले एक पत्र सार्वजनिक गर्दै यस्तो निर्देशन दिएका हुन् ।
‘श्रम संस्कृति पार्टी १ नम्बर प्रदेश मातहतमा रहेका जिल्ला, महानगरपालिका, उपमहानगरपालिका, पालिका, वडा, टोलभित्र गरिने कार्यक्रमको ब्यानर तथा प्रचार प्रसार सामाग्रीहरूमा श्रद्धेय श्रम पिता अध्यक्ष हर्क साम्पाङज्यूको तस्बिर अनिवार्य रूपमा प्रयोग गर्नु, गराउनुपर्ने अनुरोध गर्दछौँ ।’ पत्रका उल्लेख छ ।

२०८३ जेठ १२ गते
प्रतिक्रिया
सम्बन्धित








