दुर्गा प्रसाईंविरुद्ध मुद्दा दर्ता

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँविरुद्ध पर्सा अदालतमा मुद्दा दर्ता भएको छ ।

पर्सा प्रहरीका अनुसार प्रसाईँविरुद्ध साइबर अपराधको कसुर र राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता गरिएको हो ।

प्रसाईँको बयान आज नसकिएकाले भोलि (मंगलबार) उपस्थित गराउने गरी अहिले उनलाई अदालतले हिरासतमै पठाएको छ ।

प्रहरीले जेठ ४ गते वीरगन्जस्थित दियालो होटलबाट प्रसाईँलाई पक्राउ गरेको थियो ।

उनी विरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुर तथा राज्यविरुद्धको कसुरमा मुद्दा चलाइएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × two =