बेलायती मन्त्री सीमा मल्होत्राद्वारा पशुपतिनाथ दर्शन

काठमाडौँ । बेलायतकी इण्डो–प्यासिफिक मन्त्री सीमा मल्होत्राले आराध्यदेव भगवान् श्री पशुपतिनाथको दर्शन गरेकी छन् ।

मल्होत्राले पशुपतिनाथ मूल मन्दिरभित्र रहेका अन्य देवीदेवताको पनि विधिपूर्वक दर्शन गरेको पशुपति क्षेत्र विकास कोष, संस्कृति महाशाखाका निमित्त प्रमुख अरुण श्रेष्ठले जानकारी दिए ।

दर्शनपछि उनले मूल अर्चक गणेश भट्टबाट टीका तथा प्रसाद ग्रहण गरेकी थिइन् । कोषका पुरातत्व अधिकृत सुशीलकुमार गौतमले उनलाई पशुपतिनाथ मन्दिर तथा आसपासका ऐतिहासिक मठ–मन्दिरबारे जानकारी गराएका थिए ।

मन्दिर दर्शनपछि कोषको आगन्तुक पुस्तिकामा उनले आफूलाई ‘धेरै राम्रो आध्यात्मिक भ्रमणको अवसर मिलेको र आनन्द प्राप्त भएको’ उल्लेख गरेकी छन् ।

मल्होत्रालाई पशुपति क्षेत्र विकास कोषका सदस्य–सचिव रामबहादुर कुँवरलगायत वरिष्ठ कर्मचारीहरूले मन्दिर परिसरमा स्वागत गरेका थिए ।

उनी शुक्रबार नेपाल भ्रमणका लागि आएकी हुन् । यसअघि शनिबार उनले कपिलवस्तुस्थित तिलौराकोटको पनि भ्रमण गरेकी थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 17 =