प्रहरी हिरासतमा रहेका कैदीबन्दीहरुको मानव अधिकार स्थिति बुझ्न संसदीय उपसमिति गठन गरिने

काठमाडौं । प्रहरी हिरासतमा रहेका कैदीबन्दीहरुको मानव अधिकार स्थिति अध्ययन गर्न छुट्टाछुट्टै उपसमिति गठन हुने भएका छन् ।

शुक्रवार सिंहदरबारमा बसेको प्रतिनिधि सभाको कानून, न्याय तथा मानव अधिकार समितिले उपसमिति गठन गर्ने निर्णय गरेको हो । समितिको बैठकले प्रहरी हिरासतमा रहेका कैदीबन्दीहरुको मानव अधिकार स्थिति बुझ्न संसदीय उपसमिति गठन गर्ने निर्णय गरेको समिति सभापति समीक्षा बास्कोटाले बताइन् ।

साथै बालसुधार केन्द्रको अवस्थाको अध्ययन गर्न पनि उपसमिति गठन हुने बताउनु भयो । ‘प्रहरी हिरासतमा रहेका कैदीबन्दीहरुको मानव अधिकार स्थिति बुझ्न संसदीय उपसमिति गठन गर्छौँ । बालसुधार केन्द्रहरुको अध्ययन गर्नको लागि पनि समिति गठन गर्नुपर्छ । यो उपसमितिमा बस्न चाहाने माननीयहरुले नाम टिपाइदिनुहोला’ उनले भनिन् ।

समिति सभापति समिक्षा बास्कोटाले संसदीय उपसमितिमा बस्न चाहाने सांसदहरुलाई समिति सचिवालयमा नाम टिपाउन आग्रह गरिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × three =