राज्य व्यवस्था समितिमा सञ्चारकर्मीलाई प्रवेश निषेध, कांग्रेसको आपत्ति

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सञ्चारकर्मीलाई प्रवेश नदिएको विषयमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आपत्ति जनाएको छ ।

शुक्रबार सिंहदरबारमा बसेको समितिको बैठकमा विस्थापित सुकुम्बासी होल्डिङ सेन्टर (नेपाल रेडक्रस सोसाइटी बनेपा) को स्थलगत अनुगमनसम्बन्धी छलफल भएको थियो । सो छलफलमा सञ्चारकर्मीलाई प्रवेश निषेध गरिएकोप्रति कांग्रेसले आपत्ति जनाएको हो ।

समिति सदस्य समेत रहेका नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले बैठकमा मिडियालाई प्रवेश नदिनु पारदर्शिताविपरीत भएको टिप्पणी गरे । उनले लोकतान्त्रिक अभ्यासको महत्वपूर्ण अंगलाई छलफलबाट बाहिर राख्नु आपत्तिजनक भएको भन्दै आगामी बैठकमा यो विषय गम्भीर रूपमा उठाउने बताए ।

‘बनेको होल्डिङ सेन्टरको प्रतिवेदन र विपद् व्यवस्थापनका विषयमा छलफल भयो । सञ्चारकर्मीलाई निषेध गर्ने कुरा गम्भीर हो,’ सांसद केसीले भने, ‘यो विषय म अब बस्ने बैठकमा गम्भीरतापूर्वक उठाउँछु । प्रेसलाई खुला रूपमा राख्नुपर्छ, जनताले छलफलको वास्तविकता थाहा पाउनुपर्छ।’

उनले राज्य व्यवस्था तथा सुशासन समिति सार्वजनिक सेवा, सुशासन र कानुनी संरचनासम्बन्धी महत्वपूर्ण भूमिका निर्वाह गर्ने संसदीय निकाय भएकाले सञ्चारमाध्यमको सहभागिता अझ सहज र खुला हुनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × four =