राष्ट्रपति पौडेलसमक्ष विभिन्न देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि विभिन्न मुलुकका नवनियुक्त गैरआवासीय राजदूतहरूले आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन् ।

राष्ट्रपति कार्यालय, शीतल निवासमा बिहीबार आयोजित एक विशेष समारोहका बीच इरान, अष्ट्रिया, रसिया र लग्जमवर्ग लगायतका देशका राजदूतहरूले राष्ट्रपति पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र बुझाएका हुन् ।

सो अवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको थियो । विभिन्न मुलुकका राजदूतहरूले आ–आफ्नो मुलुकको तर्फबाट राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेस गर्ने नियमित कूटनीतिक प्रक्रियाअन्तर्गत सो कार्यक्रम सम्पन्न भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − one =