तेत्तिसौँ प्रधानन्यायाधीशमा डा मनोजकुमार शर्मा नियुक्त
२०८३ जेठ ५ गते

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडलले नेपालको ३३औँ प्रधानन्यायाधीशमा सर्वोच्च अदालतका न्यायाधीश डा मनोजकुमार शर्मालाई नियुक्त गरेका छन् ।
राष्ट्रपति पौडेलले उनलाई आज नियुक्त गरेका हुन् ।
नवनियुक्त प्रधानन्यायाधीश डा शर्मालाई आजै संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको थियो ।
संवैधानिक परिषद्को सिफारिसमा संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था रहेको छ ।

२०८३ जेठ ५ गते
प्रतिक्रिया
सम्बन्धित








