आईएसआईएसका दोस्रो मुख्य नेता अबु–बिलाल अल–मिनुकी अफ्रिकामा मारिएको ट्रम्पको घोषणा

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इस्लामिक स्टेट (आईएसआईएस) का विश्वव्यापी दोस्रो मुख्य कमान्डर अबु–बिलाल अल–मिनुकी अफ्रिकामा मारिएको जानकारी दिएका छन् ।

सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत वक्तव्य जारी गर्दै ट्रम्पले अमेरिकी र नाइजेरियाली सुरक्षा बलको संयुक्त कारबाहीमा अल–मिनुकी मारिएको दाबी गरेका हुन् ।

ट्रम्पकाअनुसार अल–मिनुकीले अफ्रिकामा लुक्न सकिने ठाने तापनि अमेरिकी गुप्तचर निकायहरूले उनको गतिविधिका बारेमा निरन्तर जानकारी प्राप्त गरिरहेका थिए । उनले अल–मिनुकीको अन्त्यसँगै आईएसआईएसको विश्वव्यापी सञ्जाल र परिचालन क्षमतामा ठूलो धक्का पुगेकोसमेत उल्लेख गरे ।

यस सफल सैन्य कारबाहीका लागि राष्ट्रपति ट्रम्पले नाइजेरिया सरकारको साझेदारी र सहयोगप्रति आभार व्यक्त गरे । यद्यपि, यस कारबाहीको आधिकारिक पुष्टि अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) वा नाइजेरियाली सरकारले गर्न बाँकी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 4 =