थाइल्याण्डको बैंककमा रेल र बस ठोक्किँदा ८ जनाको मृत्यु

एजेन्सी । थाइल्याण्डको राजधानी बैंककमा शनिवार दिउँसो रेल र बस एकआपसमा ठोक्किँदा ८ जनाको मृत्यु भएको छ । स्थानीय सञ्चारमाध्यमकाअनुसार बैंककको रत्चाथेवी जिल्लामा रहेको एक रेलवे क्रसिङमा उक्त दुर्घटना भएको हो ।

शनिवार दिउँसो करिव ३ः४० बजे भएको यस दुर्घटनापछि विष्फोटसँगै आगलागी समेत भएको थियो । दुर्घटनामा अन्य केही कार र मोटरसाइकलहरू समेत परेका छन् । उद्धारकर्मीहरूले घटनास्थलमा पुगी आगो नियन्त्रणमा लिनुका साथै उद्धार कार्य सञ्चालन गरेका थिए ।

यस घटनामा २० भन्दा बढी व्यक्ति घाइते भएको बताइएको छ । थाइल्याण्डका उप–यातायात मन्त्री सिरिपोङ आङ्कासाकुलकियातकाअनुसार ट्राफिक लाइट रातो भएका कारण बस रेलवे क्रसिङमै रोकिएको थियो । जसले गर्दा सुरक्षा ब्यारियर तल झर्न पाएको थिएन ।

सोही समयमा आएको मालबाहक रेल अत्यधिक वजनका कारण समयमै रोक्न नसक्दा उक्त दुर्घटना हुन पुगेको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − four =