मकैबारीमा मृत गैँडा भेटियो
२०८३ जेठ १ गते

त्रिवेणी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) कावासोती नगरपालिका–१ लोकहा स्याउलीमा एउटा भाले गैँडा मृत फेला परेको छ ।
स्थानीय भीमबहादुर दर्जीको मकैबारीमा आज बिहान गैँडा मृत फेला परेको डिभिजन वन कार्यालय नवलपुरका प्रमुख विष्णुप्रसाद अधिकारीले बताए । उनका अनुसार वयस्क गैँडा मरेको हो । खाग र खुर सुरक्षित राखिएको छ ।
शरीरमा चोटपटक नदेखिएकाले गैँडाको मृत्युको कारण खुल्न सकेको छैन । यस सम्बन्धमा अनुसन्धान भइरहेको छ ।
२०८३ जेठ १ गते
प्रतिक्रिया
सम्बन्धित








