एमालेको प्रश्नः प्रधानमन्त्री बालेनतन्त्रको विकास गर्न खोज्नुभएको हो ? (भिडिओ)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेले प्रधानमन्त्री बालेन्द्र साहले संसद र संविधानको अवमूल्यन गरेको आरोप लगाएको छ ।

प्रतिनिधि सभाको बिहीवार बसेको बैठकमा एमालेका प्रमुख सचेतक ऐन महरले सरकारले लोकतान्त्रिक शासन प्रणालीभन्दा फरक अभ्यास गर्न खोजेको हो कि भन्ने प्रश्न उठेको बताए ।

उनले संविधानले बहुलवादमा आधारित बहुदलीय प्रतिष्पर्धात्मक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन प्रणाली सुनिश्चित गरेको स्मरण गराए ।

वर्तमान सरकारले संविधानअनुसारको शासन प्रणाली अवलम्बन गरिरहेको हो वा कुनै वैकल्पिक ‘तन्त्र’ विकास गर्न खोजेको हो ? उनको प्रश्न छ । प्रधानमन्त्री साहले लोकतन्त्रभन्दा ‘बालेनतन्त्र’ विकास गर्न खोजेको उनको आरोप छ ।

उनले सरकारलाई सदन र संविधानप्रति जवाफदेही हुन आग्रह गरे । जनताका प्रश्नहरुको उत्तर प्रधानमन्त्रीले दिनुपर्ने उनको भनाई छ । उनले प्रधानमन्त्री संसदमा उपस्थित हुनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × one =