सत्तारुढ रास्वपाको जिकिर : सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्रीको उपस्थिति हुनुपर्छ भन्ने छैन

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्रीको अनुपस्थितिमा पनि सरकारको नीति तथा कार्यक्रम छलफल हुनुपर्ने जिकिर गरेको छ ।

विपक्ष दलले प्रधानमन्त्री बालेन्द्र साहको अनिवार्य उपस्थितिको मा गर्दै संसद बैठक अवरुद्ध पारिरहँदा सत्तारुढ रास्वपाका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले सो कुरा बताएका हुन् ।

उनले प्रधानमन्त्रीको सो प्रस्ताव मन्त्रीले प्रस्ताव गर्दा हुने तर सो विषय प्रधानमन्त्रीको उपस्थिति विना छलफल हुँदैन भन्ने कुरा हुनै नसक्ने बताए । उनले संसदीय नियमावलीमा प्रधानमन्त्रीको उपस्थिति विना सो विषयमा छलफल गर्न नमिल्ने भन्ने कुरा नभएकोतर्फ पनि विपक्ष दलहरूको ध्यानाकर्षण गराए ।

उनले भने, ‘यो कुनै नियममा पनि प्रधानमन्त्री स्वयं यो छलफलमा आउनुपर्ने व्यवस्था छैन ।र प्रधानमन्त्रीले मन्त्रीलाई तोक्न सक्ने व्यवस्था छ भनेर हामी सहमती गरेर यो दोस्रो बैठकमा आयौ । त्यसो भएपछि कि त प्रधानमन्त्रीको अनुहार नै हेर्नेहो भन्ने हुनु प¥यो । अन्यथा टेबुलगरिसकेको कुरा छलफलमा जानुपर्छ, टेबुल गर्न दिने तर छलफलमा नजाने भन्ने कुरा हुँदैन । कुनैपनि नियममा यस्तो छैन । यो त भएन ।’

प्रमुख सचेतक बुर्लाकोटीले विपक्ष दलहरूले प्रधानमन्त्रीको अनुहार हेर्न चाहे जसरी कुरा गरेको भन्दै कटाक्ष पनि गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 3 =