वन्यजन्तुको आक्रमणमा परेकाहरूले मुलुकमा सरकार नै नभएको जस्तो अनुभुति गरिरहेका छन् : सांसद रानामगर

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद इन्दिरा रानामगरले झापालगायतका तराईका विभिन्न जिल्लामा हात्ति आतंक बढ्दै गएको उल्लेख गर्दै नियन्त्रणका लागि तत्काल कदम चाल्न सरकारसँग माग गरेकी छन् ।

बुधवार बसेको प्रतिनिधि सभा बैठकमा आकस्मिक समय लिएर बोल्दै उनले जंगलमा छेउका मानिसहरूका लागि सरकार नै नभएका अनुभुति भइरहेको समेत बताइन् ।

सांसद रानाले वनपालेको समेत अभाव हुँदा जंगले छेउमा बस्ने नागरिकहरु जंगली जनावरको आक्रमण गर्ने गरेकाले त्यस्ता अवस्था नआउने गरी सरकारले उचित व्यवस्था गर्नुपर्ने बताइन् ।

उनले भनिन्, ‘झापा अर्जुनधारा वडा नम्बर २ मा दिनेश पराजुलीलाई जंगली हात्तीको आक्रमणबाट गम्भिर घाइते भई अस्पतालमा भर्ना भएको म जानकारी गराउन चाहन्छु । झापा मात्रै होइन, तराइका विभिन्न भेगहरूमा हात्ती आक्रमणका कारण मानिसहरू आतंकित भईराखेका छन् । यसलाई तत्कालीन सरकारले मानव र वन्यजन्तुको सहअस्तित्वको व्यवस्था गर्न म ध्यानाकर्षण गराउन चाहन्छु । त्यस्तै गरेर सामान चिजहरू लाई टका कुराहरू, माइकिङका कुराहरू पनि व्यवस्था नभएका र पालेहरू पनि थोरै भएको कारणले गर्दा एउटा सरकार नै नभएको अनुभूति भईराखेको छ जंगलको छेउमा बस्ने हाम्रा जनताहरूलाई । यसको पनि म ध्यानाकर्षण गराउन चाहन्छु ।’

त्यस अवसरमा उनले हालै झापा अर्जुनधाराका दिनेश पराजुली जंगली हात्तीको आक्रमणमा परी गम्भिर घाइते भएको जानकारी गराउँदै उनको उपचारको आवश्यक व्यवस्था मिलाउन पनि सरकारलाई सचेत गराइन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 20 =