स्वास्थ्य असहजताका कारण प्रधानमन्त्री संसदबाट हिँडेको दाबी

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहले प्रधानमन्त्री स्वास्थ्यमा असहजता देखिएकाले केही समय संसद बैठकबाट बाहिरिएको बताएका छन् ।

प्रधानमन्त्री शाह राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका बेला बैठक कक्षबाट बाहिरिएका थिए ।

आफ्नै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भइरहेका समयमा प्रधानमन्त्री बैठकबाट बाहिरिएपछि त्यसको चौतर्फी आलोचना भइरहेको छ ।

त्यसपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै सल्लाहकार शाहले प्रधानमन्त्रीलाई स्वास्थ्यमा असहजता देखिएकाले केही समय विश्राम लिइएको र त्यसपछि पुनः कार्यक्रममा सहभागी भएको स्पष्ट पारेका छन् । ‘सम्माननीय प्रधानमन्त्रीज्यूलाई स्वास्थ्यमा असहजता देखिएकाले नीति तथा कार्यक्रम प्रस्तुतिको क्रममा केही समयका लागि विश्राम लिनु भएको थियो,त्यसपछि उहाँ पुनः कार्यक्रममा सहभागी हुनु भएको हो,उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी गराइन्छ’ उनले लेखेका छन् ।

उनले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेको पनि बताएका छन् ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − two =