सरकारको नीति तथा कार्यक्रम औसत, युवामा निराशा बढ्न सक्छ: वर्षमान पुन

काठमाडौं । पूर्वअर्थमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनले सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम औसत रहेको टिप्पणी गरेका छन् ।

सोमबार संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद पुनले ठूलो जनमतसहित बनेको सरकारले सबै क्षेत्रमा नयाँ ढंगले अघि बढ्ने अपेक्षा भए पनि नीति तथा कार्यक्रममा त्यस्तो स्पष्टता नदेखिएको बताए ।

उनले आम नागरिक र सांसदहरूले सरकारबाट “क्रमभंग” गर्ने खालको नयाँ नीति अपेक्षा गरेको भए पनि प्रस्तुत कार्यक्रम पुरानै शैलीको निरन्तरता जस्तो देखिएको टिप्पणी गरे ।

पुनले नीति तथा कार्यक्रमअनुसार बजेट आए युवामा निराशा बढ्न सक्ने चेतावनी दिए । ‘विशाल जनमत पाएको सरकारले नयाँ ढंगले नीति तथा कार्यक्रम ल्याउँछ भन्ने अपेक्षा थियो । तर सरकारले औसत खालको नीति तथा कार्यक्रम ल्याएको छ । यही शैलीको बजेट आयो भने नवयुवामा निराशा पैदा हुन सक्छ’ उनले भने ।

सांसद पुनले सरकार नीति तथा कार्यक्रम प्रस्तुत गर्दा पर्याप्त तयारीसहित नआएको आरोप लगाउँदै आगामी बजेटमा स्पष्ट दृष्टिकोण र प्रभावकारी योजना आवश्यक रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 3 =