कारागारमा एआई एक्सरेबाट क्षयरोगका बिरामी खोजिँदै

नेपालगञ्ज । कृत्रिम बुद्धिमत्ता (एआई) एक्सरे उपकारणद्वारा जिल्ला कारागार नेपालगञ्जमा रहेका कैदीबन्दी, सुरक्षाकर्मी तथा कर्मचारीको क्षयरोग पहिचान सुरु गरिएको छ ।

सो विधिद्वारा क्षयरोगको खोजपड्ताल गर्न शिविर आयोजना गरिएको स्वास्थ्य कार्यालय बाँकेका क्षयरोग सम्पर्क व्यक्ति रवीन्द्रकुमार शाहले जानकारी दिए । उनका अनुसार कृत्रिम बुद्धिमत्ताको सहायताले छातीको एक्सरे विश्लेषण गरेर क्षयरोगको सम्भावित सङ्क्रमण पत्ता लगाउने गरिएको छ । यो आधुनिक प्रविधि हो ।

यसमा बिरामीको छातीको एक्सरे तस्बिर कम्प्युटर सफ्टवेयरमा राखिन्छ र एआई प्रणालीले फोक्सोमा देखिने असामान्य दाग, सङ्क्रमण वा क्षयरोगसँग मिल्ने सङ्केत विश्लेषण गर्ने शाहले बताए । लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा रोशनलाल चौधरीले प्रदेश सरकारले क्षयरोग मुक्त अभियानका लागि रोगीको पहिचान गर्ने र उपचारको पहुँचमा ल्याउने गरी विभिन्न कार्यक्रम गर्दै आएको बताए ।

जिल्ला कारागार प्रमुख प्रकाश ढुङ्गानाले क्षयरोग निवारणका लागि समुदायस्तरमा जस्तै कारागारमा रहेका कैदीबन्दीको स्वास्थ्य परीक्षण गर्नु महत्वपूर्ण कार्य भएको बताए । उनकाअनुसार सो शिविर तीन दिनसम्म सञ्चालन हुनेछ ।

यसैबीच बाँकेमा चालु आर्थिक वर्षको नौ महिनामा ७२९ जना क्षयरोगका बिरामी फेला परेका छन् । जिल्ला स्वास्थ्य कार्यालयका सम्पर्क व्यक्ति रवीन्द्रकुमार शाहका अनुसार चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म ७२९ जना बिरामी फेला परेका हुन् ।

सबैभन्दा बढी नेपालगञ्ज उपमहानगरपालिकाका २०० र कोहलपुर नगरपालिकाका १२९ रहेका क्षयरोग सम्पर्क व्यक्ति शाहले जानकारी दिए । गतवर्ष एक हजार १८२ जना क्षयरोगी फेला परेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 2 =