रास्वपाद्वारा विभिन्न विभागमा नयाँ जिम्मेवारी तोकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठकले विभिन्न विभागमा नयाँ जिम्मेवारी तोकेको छ । बैठकले मिलन पाण्डेलाई पार्टीको केन्द्रीय शिक्षा विभाग प्रमुखमा मनोनयन गरेको छ ।

त्यस्तै, स्टार्ट–अप विभागको प्रमुखमा डा. प्रभात अधिकारीलाई जिम्मेवारी दिइएको छ । रास्वपाले विपद् प्रतिकार्य तथा आपत्कालीन व्यवस्थापनलाई लक्षित गर्दै गठन गरेको ‘र्‍यापिड एक्सन टिम (RAT)’ को केन्द्रीय विभाग प्रमुखमा मकवानपुरका बैकुण्ठ थापा (आशिष) लाई मनोनयन गरेको छ । उक्त विभागको उपप्रमुखमा पूर्व डीआईजी (एपीएफ) विदुर खड्का नियुक्त भएका छन् ।

पार्टीले संगठन विस्तारसँगै विभिन्न क्षेत्रगत विभागलाई सक्रिय र प्रभावकारी बनाउने उद्देश्यले नयाँ जिम्मेवारी बाँडफाँट गरिएको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 2 =