बाबुराम भट्टराईले त्यागे प्रलोपाका सबै जिम्मेवारी

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का संरक्षक डा. बाबुराम भट्टराईले पार्टीका सबै जिम्मेवारी त्यागेका छन् ।

शुक्रबार बसेको प्रलोपाको अध्यक्ष परिषद् बैठकपछि जारी विज्ञप्तिमार्फत डा. भट्टराईले पार्टीबाट अलग भएको जानकारी गराइएको हो ।

पार्टीका अनुसार डा. भट्टराईले कुनै पनि सांगठनिक जिम्मेवारीमा नरही स्वतन्त्र रूपमा समग्र वैकल्पिक तथा रूपान्तरणकारी राजनीतिलाई सघाउने इच्छा व्यक्त गरेका थिए ।

उनको व्यक्तिगत निर्णयलाई सम्मान गर्दै आगामी व्यक्तिगत तथा राजनीतिक यात्राका लागि शुभकामना दिने निर्णय गरिएको प्रलोपाका अध्यक्ष सन्तोष परियारले जानकारी दिए ।

यसैबीच, पार्टीका अर्का नेता सुदन किराँतीले पनि पार्टी सदस्यमा नरहने गरी सार्वजनिक वक्तव्य दिएको बैठकले जनाएको छ ।

बैठकले आगामी महाधिवेशनको तयारी, संगठन सुदृढीकरण तथा पार्टीका अन्य आन्तरिक विषयमा समेत विभिन्न निर्णय गरेको अध्यक्ष परियारले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 1 =