सुशीला कार्कीले फिर्ता गरिन् सरकारी गाडी
२०८३ वैशाख २५ गते

काठमाडौं । पूर्वप्रधानमन्त्री सुशीला कार्कीले आफूले प्रयोग गर्दै आएको सरकारी गाडी फिर्ता गरेकी छिन् ।
उनले शुक्रबार दिउँसो सरकारी गाडी सम्बन्धित निकायलाई बुझाएकी हुन् । प्रयोगमा रहेको गाडीमा पटक–पटक समस्या देखिनुका साथै अत्यधिक इन्धन खपत हुने भएपछि गाडी फिर्ता गरिएको जनाइएको छ ।
कार्की प्रधानमन्त्री हुँदा प्रेस सल्लाहकार रहेका राम रावलका अनुसार अहिले कार्कीसँग कुनै पनि सरकारी गाडी छैन ।
रावलले कार्कीले सर्वोच्च अदालतको प्रधानन्यायाधीश हुँदा पाएको गाडीबारे भने चासो व्यक्त गरेको बताए । ‘सर्वोच्चमा हुँदा नै उहाँले पाएको गाडी अहिले कहाँ छ भनेर उहाँले चासो राख्नुभएको थियो,’ रावलले भने ।
२०८३ वैशाख २५ गते
प्रतिक्रिया
सम्बन्धित








