भूमिहीनमाथि डोजर चलाउनु अन्यायपूर्ण: तनुजा पाण्डे

काठमाडौं । जेनजी आन्दोलनकी अगुवा तनुजा पाण्डेले वर्तमान सरकारले भूमिहीन तथा सुकुमबासी नागरिकप्रति देखाएको व्यवहारप्रति असन्तुष्टि जनाएकी छन् ।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले खोलाको किनारमा त्रिपाल टाँगेर बस्ने विपन्न नागरिकलाई ‘हुकुम्बासी’को संज्ञा दिँदै बस्तीमा डोजर चलाइएकोप्रति कटाक्ष गरेकी हुन् ।

उनले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारप्रति संकेत गर्दै पहुँच र शक्तिको आडमा सरकारी जग्गा अतिक्रमण गर्नेहरू भने कारबाहीबाट जोगिएको टिप्पणी गरेकी छन् ।

“गन्हाउने खोलाको किनारमा त्रिपाल टाँगेर चुहिने छानोमा बस्ने हुकुम्बासी भए, सरकारी जग्गा हडपेर तीनतले घर बनाउने, सत्ता र पहुँचको आडमा निजी व्यापार चलाउने मन्त्री र सांसद असली सुकुमबासी भए,” उनले सामाजिक सञ्जालमा लेखेकी छन् ।

पाण्डेले डोजर विपन्न बस्तीमा मात्र चलाइएको भन्दै राज्यको व्यवहार न्यायपूर्ण, उत्तरदायी र मानवीय हुनुपर्ने उल्लेख गरेकी छन् ।

उनले सामाजिक सञ्जाल प्रयोगकर्ता नवीन तिवारीको पोस्ट सेयर गर्दै “न्यायपूर्ण, उत्तरदायी र मानवीय नेपालको शुभकामना” समेत व्यक्त गरेकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 13 =