मोहना अन्सारी कांग्रेसमा प्रवेश, देश र पार्टी हितमा काम गर्ने घोषणा

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगकी पूर्वसदस्य मोहना अन्सारीले औपचारिक रूपमा राजनीतिक जीवन सुरु गरेकी छन् ।

सामाजिक सञ्जाल ‘एक्स’ मार्फत् उनले नेपाली कांग्रेसमा आबद्ध हुँदै राजनीतिक यात्राको सुरुआत गरेको घोषणा गरेकी हुन् ।

कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठकमा सहभागी भएको तस्बिर सार्वजनिक गर्दै अन्सारीले “आजबाट विधिवत रूपमा मैले राजनीतिक जीवनमा प्रवेश गरेको छु” भनेर उल्लेख गरेकी छन् ।

उनले कांग्रेसले अघि सारेको ‘ल्याटरल इन्ट्री’ अवधारणाले युवाको आकांक्षा सम्बोधन गर्ने, पार्टीभित्र रूपान्तरण ल्याउने तथा आन्तरिक लोकतन्त्रलाई सुदृढ बनाउने विश्वास व्यक्त गरेकी छन् ।

अन्सारीले लोकतन्त्र, गणतन्त्र र समाजवादको आधार निर्माणमा कांग्रेसको ऐतिहासिक भूमिका रहेको उल्लेख गर्दै अब आफू औपचारिक रूपमा पार्टीमा आबद्ध भएको बताएकी छन् ।

उनका अनुसार जेनजी आन्दोलनपछि बदलिएको कांग्रेस र जरा अभियानमार्फत् सबैलाई जोड्ने उद्देश्यका साथ प्रशिक्षण प्रतिष्ठानसँग मिलेर देश र पार्टी हितमा काम गर्नेछिन् ।

कांग्रेस उपसभापति विश्वप्रकाश शर्मा प्रमुख रहेको प्रशिक्षण प्रतिष्ठानमा मंगलबार विभिन्न क्षेत्रका ३९ जना सदस्य नियुक्त गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + ten =