प्रादेशिक पत्रकारिता पुरस्कारबाट आठ जना पुरस्कृत हुने

मोरङ । कोशी प्रदेश सरकारले राष्ट्रिय समाचार समिति (रासस)का पूर्वमहाप्रबन्धक सिद्धराज राईसहित आठजना पत्रकारलाई प्रादेशिक पत्रकारिता पुरस्कारबाट पुरस्कृत गर्ने भएको छ ।

यही वैशाख २४ गते बिहीबार राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा जनही एक लाख रुपैयाँ नगदसहित पुरस्कृत गरिने कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार उक्त पुरस्कारबाट पुरस्कृत हुने अन्य पत्रकारहरुमा शेखर रेग्मी, गोपाल दाहाल, विवेक गौतम, मनोज श्रेष्ठ, रेजिना गौतम, सन्तोष रुचाल र श्यामसुन्दर सुतिहार रहेका छन् ।

मन्त्रालयले २०७५ सालदेखि सो पुरस्कार प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 3 =