कृषि समितिद्वारा कार्यविधि मस्यौदा अध्ययनका लागि उपसमिति गठन

काठमाडौं । प्रतिनिधि सभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले समितिको आन्तरिक कार्यविधिलाई अन्तिम रूप दिन सात सदस्यीय उपसमिति गठन गरेको छ ।

बैठकले दलगत प्रतिनिधित्व हुनेगरी उक्त उपसमिति गठन गर्ने निर्णय गरेको हो । समितिको कामकारबाहीलाई थप व्यवस्थित र मर्यादित बनाउनका लागि ‘आन्तरिक कार्यविधि २०८०’ को मस्यौदा अध्ययन गर्न यो उपसमिति बनाइएको हो ।

उपसमितिमा एक जना संयोजक र ६ जना सदस्य रहने व्यवस्था गरिएको छ । समितिका सभापति अशोक चौधरीको दलगत आधारमा सदस्यहरूको नाम उपलब्ध गराउन आह्वान गरे ।

बैठकलाई सम्बोधन गर्दै सभापति चौधरीले आगामी दिनमा मन्त्रालयगत छलफललाई थप सघन र परिणाममुखी बनाइने बताए । ‘अबका बैठकहरूमा सम्बन्धित मन्त्रालयका मन्त्री र सचिवहरूलाई समेत आमन्त्रण गरेर छलफल गर्नेछौँ । माननीय सदस्यहरूले उठाउनुभएका मुद्दा र सुझावहरूलाई समितिले प्राथमिकताका साथ समेट्नेछ’ उनले भने ।

समितिको अर्को बैठक वैशाख २५ गते दिउँसो १ बजे बस्नेगरी तय गरिएको छ । बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका मन्त्री र सचिवसँग छलफल गर्ने कार्यसूची रहेको छ ।

बैठकलाई प्रभावकारी बनाउन मन्त्रीसँगको छलफल अगावै समितिका सदस्यहरू बीच आन्तरिक तयारी गर्ने नयाँ अभ्यास शुरु गरिने सभापति चौधरीले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =