क्रिकेटर आरिफ शेख सहायक हवलदारमा बढुवा

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका कप्तान आरिफ शेख सहायक हवलदारमा बढुवा भएका छन् ।

बुधबार प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक शिद्धीविक्रम शाहले उनलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।

आरिफ जवानबाट विशेष बढुवामार्फत सहायक हवलदार पदमा पुगेका हुन् । उनले राष्ट्रिय टोली र नेपाल पुलिस क्लबबाट उत्कृष्ट प्रदर्शन गर्दै आएको सन्दर्भमा यो बढुवा गरिएको जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − twelve =