नक्कली भुटानी शरणार्थी प्रकरणमा सबै प्रमाण झिकाउन अदालतको आदेश

काठमाडौं । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा महत्वपूर्ण आदेश दिएको छ । अदालतले उक्त मुद्दासँग सम्बन्धित सम्पूर्ण प्रमाण मिसिल झिकाउन निर्देशन दिएको हो, जसले मुद्दाको सुनुवाइलाई थप तीव्र बनाउने संकेत गरेको छ ।

न्यायाधीश खिमानन्द भुसालको इजलासले घटनासँग सम्बन्धित सबै कागजात, प्रमाण र विवरण अदालतमा पेश गर्न आदेश दिएको हो ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाइ विदेश पठाउने आरोप रहेको यो प्रकरणलाई सङ्गठित अपराधका रूपमा हेरिएको छ । यसमा पूर्वगृहमन्त्री, पूर्वउपप्रधानमन्त्रीसहित उच्च पदस्थ व्यक्तिहरू समेत मुछिएका छन् ।

करिब तीन वर्षअघि दर्ता भएको यो मुद्दा लामो समयपछि पुनः सक्रिय रूपमा अघि बढ्न थालेको देखिन्छ । हाल अदालतमा विभिन्न अभियुक्तविरुद्ध ठगी, किर्ते, सङ्गठित अपराध तथा राज्यविरुद्धको कसुरमा मुद्दा विचाराधीन रहेको छ ।

केही अभियुक्तहरू थुनामा छन् भने केही धरौटीमा छुटेका छन् । अझै केही अभियुक्त फरार अवस्थामा रहेका छन् ।

अदालतको यो आदेशपछि अब प्रमाणका आधारमा मुद्दाको थप गहिरो अध्ययन गर्दै अन्तिम निर्णयतर्फ अघि बढ्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 3 =