ऐलानी जग्गामा बस्नेहरू पीडित हुन्, अपराधी होइनन्: गणेश कार्की

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश कार्कीले भूमि आयोग खारेज भए पनि त्यसबाट भएका कामहरूलाई निरन्तरता दिइने बताएका छन् ।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले अब बन्ने नयाँ संयन्त्रले अघिल्लो कामहरूको स्वामित्व लिएर थप स्पष्ट, परिणाममुखी र तीव्र रूपमा अगाडि बढ्ने उल्लेख गरेका छन् ।
उनका अनुसार भूमि समस्या समाधान अब फेरि पुरानै जटिल प्रक्रियामा अल्झिने छैन र दीर्घकालीन रूपमा समाधानतर्फ उन्मुख हुनेछ ।
सांसद कार्कीले फर्जी सुकुम्बासीलाई कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने स्पष्ट पारेका छन् । तर, ऐलानी जग्गामा वर्षौँदेखि बसोबास गर्दै आएका वास्तविक सुकुम्बासीहरू पीडित भएको उल्लेख गर्दै उनीहरूलाई अपराधीका रूपमा हेर्न नहुने बताएका छन् । ‘फर्जी सुकुम्बासी भने कानुनी कारबाहीको बिषय हो । तर ऐलानी जग्गामा बस्नेहरू बर्षौँदेखिका पिडित हुन्, अपराधी होइनन्’ उनले भने ।








