दलित सङ्घका अध्यक्ष विश्वकर्माद्वारा राजीनामा

काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल दलित सङ्घका केन्द्रीय अध्यक्ष लोकबहादुर विश्वकर्माले राजीनामा दिएका छन् ।

अध्यक्ष विश्वकर्माले आज कांग्रेस सभापति गगनकुमार थापालाई राजीनामा बुझाएका हुन् ।

उनले आफ्नो पारिवारिक र शारिरिक समस्याका कारण पदमा रहेर जिम्मेवारी पूरा गर्न असमर्थ रहेकाले राजीनामा दिनुपरेको र सङ्घका अन्य गतिविधिमा भने सधैँ क्रियाशील रहने बताए ।

विश्वकर्मालाई कांग्रेस निवर्तमान सभापति शेरबहादुर देउवाले विसं २०८० असोज १३ गते केन्द्रीय अध्यक्षमा नियुक्त गरेका थिए ।

केही दिन अघि नेपाल तरूण दलका अध्यक्ष विद्धान गुरुङले पनि राजीनामा बुझाएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + five =