सबैले एउटै स्पिरिटमा काम गर्नसके अहिलेसम्म नदेखेको विकास हुनसक्छः सभामुख

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाले एउटै स्पिरिटमा काम गर्नसके मुलुकले छोटो समयमा ठूलो फड्को मार्नसक्ने बताएका छन् ।

आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले मुलुकको विकासका लागि शिक्षा, स्वास्थ्य, कृषि र भौतिक पूर्वाधार विकासलाई एकीकृत रूपमा अघि बढाउनुपर्नेमा जोड दिए ।

उनले सरकार र संसदबीचको समन्वयलाई तीव्र बनाउने प्रतिबद्धता व्यक्त गर्दै प्रधानमन्त्रीको गतिअनुसार कानून निर्माण प्रक्रिया अघि बढाउने दाबी समेत गरे ।

उनले आफ्नो कार्यकाल मुख्यतः कानून निर्माण तथा त्यसको कार्यान्वयनका लागि कार्यपालिकालाई निर्देशित गर्ने भुमिका प्रभावकारी रुपमा कार्यान्वयन गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

देश र नागरिकले जित्नेगरी अबको पाँच वर्ष मुलुकलाई अघि बढाउनुपर्नेमा उनको जोड छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 3 =