अमेरिकाले इरानसँग सम्झौता गर्ने वा युद्ध गर्ने दुई मात्र विकल्प आइआरजिसी

एजेन्सी । अमेरिकाले इरानसँग सम्झौता गर्ने वा युद्ध गर्ने दुई मात्र विकल्प रहेको इरानको सेना ‘इस्लामिक रिभोलुसनरी गार्ड कोर (आइआरजिसी)’ ले आइतबार जनाएको छ ।

आइआरजिसीको गुप्तचर एकाईले अब अमेरिकाले निर्णय लिने दायरा निकै कम भएको दाबी गरेको छ ।

सामाजिक सञ्जाल एक्समा एक पोस्टमा ट्रम्पले अब इस्लामिक गणतन्त्र इरानसँग ‘असम्भव सैन्य अभियान’ वा ‘खराब सम्झौता’ मध्ये एक रोज्नुपर्ने बताएको छ ।

इरानी सञ्चारमाध्यमका अनुसार तेहरानले अमेरिकी सेनालाई इरानी बन्दरगाहमाथिको नाकाबन्दी अन्त्य गर्न समयसीमा तोकेको थियो, यद्यपि मिति भने खुलाइएको छैन ।

आईआरजीसीका अनुसार वासिङटनविरुद्ध चीन, रुस र युरोपको अडानमा पनि परिवर्तन आएको छ । ‘यी सबै घटनाक्रमलाई मध्यनजर गर्दै अब अमेरिकासँग निर्णय लिनका लागि धेरै सीमित र कठिन विकल्पहरू छन्,’ रिभोलुसनरी गाड्र्सले दावी गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + fourteen =