वनस्थलीमा रास्वपाको सचिवालय बैठक (तस्बिरहरू)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज केन्द्रीय कार्यालय वनस्थलीमा बसेको छ।

बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुनुका साथै स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट रूपरेखा २०८३ माथि पनि विमर्श गरिएको छ । उक्त रूपरेखा तयार पार्न पार्टीले सहमहामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा कार्यदल गठन गरेको थियो ।

यस्तै, बैठकमा महाधिवेशन कार्यविधि २०८३ सम्बन्धमा पनि छलफल भएको छ । रास्वपाले आगामी वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरू गर्ने निर्णय यसअघि नै गरिसकेको छ ।

साथै, पार्टीले संसदीय दलको विधान संशोधन गर्ने विषयमा पनि बैठकमा छलफल गरेको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × three =