बल्खु खोलामा ६० वर्षीय पुरुष मृत फेला

काठमाडौं । काठमाडौंको बल्खु खोलामा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् ।

शुक्रबार दिउँसो करिब पौने ३ बजेतिर अन्दाजी ६० वर्षीय इन्द्रबहादुर राई मृत भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार खोला किनारमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि पुगेको प्रहरी टोलीले शवको पहिचान गरेको हो ।

‘उहाँको पहिचान खुलेको छ, उहाँ इन्द्रबहादुर राई हुनुहुन्छ । उहाँको परिवार त्यहीँ बस्तीमा बस्नुहुन्छ, तर उहाँ परिवारसँग बस्नुहुन्न,’ एसपी भट्टराईले भने ।

घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − three =