ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो
२०८३ वैशाख १८ गते

फाइल तस्बिर
ढोरपाटन (बागलुङ) । ढोरपाटन नगरपालिकाले यहाँका ४८ जना किसानलाई ५० प्रतिशत अनुदानमा यान्त्रिक हलो प्रदान गरेको छ ।
किसानलाई आधुनिकतासँग जोडेर उत्पादन बढाउन नगरपालिकाले अनुदानमा यान्त्रिक हलो उपलब्ध गराएको हो ।
नगरपालिकाका नौवटै वडाका व्यावसायिक खेती गर्दै आएका किसानलाई हलो उपलब्ध गराइएको हो । हलो खरिद गर्न रु २४ लाख खर्च भएको उपप्रमुख धनबहादुर कायतले जानकारी दिए ।
ढोरपाटनका अधिकांश भागमा आलु, सिमीलगायत सागसब्जीखेती हुँदै आएको छ । अनुदानमा यान्त्रिक हलो पाएपछि किसान खुसी भएका छन् ।
२०८३ वैशाख १८ गते
प्रतिक्रिया
सम्बन्धित








